राहत वितरण सुरू

समाचार

5/1/2020

कैलाली, १९ बैशाख । कैलालीको जोशीपुर गाउँपालिकाले राहत वितरण सुरु गरेको छ । गाउँपालिकाअन्तर्गतका विभिन्न वडामा राहत वितरण गर्न सुरु गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा १७ सय ९८ घर परिवारलाई राहतवितरण गर्ने भएको छ ।

बिहिबार वडा नम्बर ६ मा ९८ घरपरिवारलाई राहातवितरण गरीएको गाउँपालिकाकाले जनाएको छ । २५ केजीचामल, २ केजीदाल, १ लिटर खाने तेल, १ केजीनुन, २ वटा साबुनविपन्न घरपरिवालाई वितरण गरिएको छ । गाउँपालिकाको मापदण्ड बमोजिम राहत वितरण गरिएकोे हो ।

लकडाउनले गर्दा समस्यामा परेका अतिविपन्न ,ज्यालादारी एकल महिला, असहाय, अनाथ बालबालिकाहरुलाई निष्पक्ष ढङ्गबाट राहत वितरण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ