काठमाडौं, १३ माघ । विश्वको दोस्रो ठूलो हिमाल माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई भारतीय कंग्रेसका नेता राहुल गान्धीले दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्। उनले लेखेका छन् ‘नेपाली टीम र नेपाललाई बधाई, नेपाली शैलीको उपलब्धीका लागि ।’
हिँउदयाममा कसैले आरोहण गर्न नसकेको माउण्ट केटुको नेपाली टोलीले यहि माघ ३ गते सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान रचेका थिए । टोली आज विहान पौने ८ बजे स्वदेश फर्किएको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पाकिस्तानमा रहेको माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर छ । विश्वको ८ हजारभन्दा अग्ला हिमालमध्ये माउन्ट केटुमा हिउँ याममा आरोहण हुन सकेको थिएन ।
इतिहास रच्ने क्रममा नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा ले संयूक्त रुपमा सफलतापूर्वक आरोहण गरेका थिए ।
उनीहरुलाई पाकिस्तानका राष्ट्रपतिले भब्य स्वागत गरेका थिए । १० आरोहीमध्ये मिङ्मा जी शेर्पाले भने अक्सिजनबिनै आरोहण गरेर एकैसाथ दुइवटा किर्तिमान कायम गरेका थिए ।
तपाईको प्रतिक्रिया