रौतहट, ३० बैशाख । रौतहटमा लुकाएर राखिएका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइ प्रहरीले अस्पताललाई हस्तान्तरण गरेको छ ।
ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले जिल्लाको दुर्गा भगवती गाउँपालिकामा लुकाएर राखिएका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाको वडा नम्बर २ स्थित डोरी खोलाको पुलको फलाम काट्नको लागि राखिएको साढे ७ किलो तौल भएको भरिएको दुई र खाली एक थान सिलिन्डर नियन्त्रणमा लिइएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएको अक्सिजन सिलिन्डर गौर अस्पतालमा उपचाररत विरामीहरुको लागि अस्पतालका रेडियोग्राफी डा. कपिलदेव झालाई हस्तान्तरण गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया