लुकाई छिपाई राखेको काठसहित पक्राउ

समाचार

6/19/2020

सिरहा, ५ असार । कर्जन्हा नगरपालिका–३ बन्दीपुर बस्ने ३५ वर्षीय राम बृक्ष महत्तोको घरमा लुकाई छिपाई राखेको बिभिन्न साईजको अन्दाजी ७५ दशमलव १७ क्यूफिट काठ सहित राम बृक्षको स(मिल तथा फर्निचरमा काम गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ घर भएका २४ वर्षीय रोसन कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेको छ ।

राम बृक्ष महत्तोले अबैध रुपमा स(मिल तथा फर्निचर संचालन गरी सालको काठ चिरान गरी बिक्री बितरण गर्नको लागि आफ्नै घरमा काठ लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको काठहरु र काठ चिरान गर्न प्रयोग हुने बिभिन्न मेसिनरी औजारहरु ९ थान समेत फेला पारेको हो ।

बरामद काठ सहित रोशन कुमार महत्तोलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय लहान सिरहा पठाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ