काठमाडौं, २४ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउने तयारी गरिरहेको छ । लकडाउन लम्ब्याउनेबारे आजकोको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा भेटिएका नयाँ तीन संक्रमितलाई मध्यनजर गर्दै लकडाउन लम्ब्याउने तयारी गरिएको हो ।
सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । स्थानीय संक्रमणलाई समुदायमा जान नदिन यसको विकल्प पनि छैन ।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।
तपाईको प्रतिक्रिया