लकडाउन सफल बनाउन राजपाको चार सुझाव

समाचार

4/15/2020

काठमाडौं, ३ चैत । सरकारले बैशाख १५ गतेसम्म बढाएको लकडाउनलाई राष्ट्रिय जनता पार्टी नेपालले स्वागत गरेको छ । लकडाउनलाई अझ प्रभावकारी बनाउन चारबुँदे सुझावसमेत राजपाले दिएको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गरी लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आआफ्नो जिल्लातर्फ गैरहेका छ्न जसले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था रहेकोले त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्ने सुझाव दिएका छन् ।

उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ ।

देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन।त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ ।

अन्त्यमा आम जनसमुदायलाई यो महामारीबाट जोगिन सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भएकोले लक डाउनको नियमहरु जिम्मेवारीका साथ पालना गर्नु हुन सवैलाई हार्दिक अपील गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ