लकडाउन हट्यो

समाचार

7/21/2020

काठमाडौ, ७ साउन । कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले लगाउदै आएको बन्दाबन्दी अर्थात् लकडाउन मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी हटाइएको छ ।

०७६ चैत ११ बाट लगाइदै आएको लकडाउन झन्डै चार महिनापछि आजबाट हटाइएको सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले हिजो जानकारी गराएका हुन् । गत चैतबाट शूरू भएको लकडाउन आज बुधबारबाट हटाउने निर्णय हिजै सरकारले गरेको हो ।

लकडाउन हटाइएअनुसार होटल, रेष्टुरेण्ट, ट्राभल्स एजेन्सी लगायतका पर्यटन व्यवसाय साउन १५ गतेदेखि खोल्न पाउने र सिनेमा हल लगायतका भिड हुने व्यवसायहरु अर्को निर्णय नहुन्जेलसम्म यथावत् रहने जनाएको छ ।

यसैगरी भदौ १ गतेबाट लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारले निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री डा. खतिवडाले जानकारी गराउँदै बुधबार बिहानदेखि लागू हुनेगरी सवारी साधनमा जोर बिजोर हटाउने निर्णयसमेत सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ