महोत्तरी, ५ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका अन्तर्गत मटिहानीमा रहेको धार्मिक, ऐतिहासिक लक्ष्मीसागर पोखरीको सरसफाइ गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, मटिहानी नगरपालिका र स्थानीयहरूले आज पोखरी र त्यस क्षेत्रको सरसफाइ गरेका छन् ।
पोखरीमा साउन ५ गतेदेखि लक्ष्मीनारायण आराधना र संध्याकालीन आरती कार्यक्रम रहेकोले पोखरी सरसफाइ कायक्रम गरिएको कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।
त्रेता युगमा भगवान राम सीताको विवाह हुँदा सो पोखरीबाट माटो खनि यज्ञ वेदी बनाइएको धार्मिक विश्वास रहेको छ ।
तपाईको प्रतिक्रिया