कपिलवस्तु, ८ बैशाख । शिवराज नगरपालिका–५ चन्द्रौटा बजारबाट नियन्त्रित लागूऔषध ४ सय ४७ ट्याब्लेट नाईट्राभेटसहित एक जना पक्राउ परेका छन् ।
दाङ घोराही उपमहानगरपालिका–१६ ईन्जिनियरिङ कलेज टोल बस्ने ३५ वर्षीय राजु ओलीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया