मोरङ, १६ असार । वेलवारी नगरपालिका–१ माछा हटियाबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाइजेल्याप, १७ एम्पुल फेनारगन, १७ एम्पुल एभिल र १७ एम्पुल लुपिजेसिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो पक्राउ पर्नेहरूमा वेलवारी नगरपालिका–१ बस्ने २५ वर्षीय रिकल कोईराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा को.१७ प ४७२ र को.३० प ५६१ नम्बरका २ वटा मोटरसाइकलमा सवार उनीहरूलाई प्लाष्टिकभित्र टेपले वेरी लुकाई बोकेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया