लागूऔषधसहित पक्राउ

समाचार

1/21/2021

मोरङ, ८ माघ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित हुलास चोकबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका १५ बस्ने २२ वर्षिय आशिष परियार छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले निज परियारलाई शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ७ वटा, डाईजाल्याव ८ वटा, फेनारजन ३ वटा र एभी ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनको साथबाट एक थान एलईडी टि.भी. समेत बरामद गरेको छ ।

पक्राउ परेका निज परियारलाई बरामद लागूऔषध तथा टि.भी.सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ