रुपन्देही, ४ बैशाख । सिद्धार्थनगर नगरपालिका–४ दोगराबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
नाइट्राभेट १ सय ४४ ट्याब्लेट र करिब २ सय ३० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट गल्लामण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया