रौतहट, १३ पुस । प्रहरीले १३ सय ५० एम्पुल लागुऔषधसहित रौतहटबाट दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषधसहित भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत हसनपुर बालुवा वस्ने २३ बर्षिय अनिल कुमार जैसवाल र मोतिहारी जिल्ला कुडवा चैनपुर वस्ने शम्भु चौधरीको छोरा २२ बर्षिय रबि कुमारलाई पक्राउ गरेको हो ।
दुवै जनालाई प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क चोकमा अस्थायी प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका रामबाबुको साथमा रहेको झोलाबाट नोरफिन २ एमएलको ४ सय ५० एम्पुल वटा, डाईजेपाम ४ सय ५० एम्पुल , र फेनारागोन ४ सय एम्पुल गरि १३ सय ५० एम्पुल लागुऔषध बरामद गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया