लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

समाचार

1/17/2021

बाँके, ३ माघ । नेपालगंज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति पक्राउ पर्नेहरुमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय नसरुद्धिन राई, सोही ठाउँ बस्ने २५ वर्षीय मेराज कपडिया र भारत रुपैडिहा घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ