लागूऔषध र नगदसहित दुई जना पक्राउ

समाचार

3/29/2021

कैलाली, १६ चैत । लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट ५ ग्राम १ सय ८० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद ६२ हजार १ सय १५ रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–८ घर भएका २६ वर्षीय ईश्वर पौडेल र लम्कीचुहा ननगरपालिका–४ कौवापुर बस्ने २८ वर्षीय दिपक सुनार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीलाई उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ