मोरङ्ग, ३ बैशाख । जिल्लाको रतुवामाई नगरपालिका २ डोरीया सीमा ईलाकाबाट एपीएफ टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको उर्लावारी नगरपालिका २ बस्ने ३६ वर्षिय रमेश कार्की छन् ।
भे ६ प २७६० नम्बरको मोटरसाईकलमा सवार निज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कार्कीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाएको छ ।
तपाईको प्रतिक्रिया