लिपुलेकबारे चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाउँ : सरिता गिरी

समाचार

5/10/2020

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको विषयमा चीनलाई पनि कूटनीतिक नोट पठाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लिपुलेक त्रिपक्षीय समस्याका रूपमा रहेको भन्दै यस्तो बताएकी हुन् ।

उनले लिपुलेकको विषयलाई सरकारले अति राजनीतिकरणको विषय बनाउन खोजेको त होइन भन्दै आशंका पनि व्यक्त गरिन् । ‘लिपुलेक त्रिपक्षीय समस्याका रूपमा आएको छ ।

त्यसका बारेमा भारतलाई कूटनीतिक नोट पठाएको ठिक छ । तर, चीनलाई पनि कूटनीतिक नोट सरकारले पठाउको छ कि छैन ?’ उनले प्रश्न गर्दै भनिन्, ‘लिपुलेकका बारेमा भारत र चीनका बीचमा सहमति भएको छ । दुवै पक्षसँग सहमतिको प्रयासको जरुरी छ ।’

गिरीले नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी विवाद मिल्न नसक्नुको कारणबारे सरकारले जानकारी गराउनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ