लिपुलेकमा विशेष निगरानी गर्न आफ्ना सेनालाई भारतको निर्देशन

समाचार

9/3/2020

काठमाडौं, १८ भाद्र । भारत–चीनबीच तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी गर्न भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिएको छ ।

२९–३० अगस्तमा पूर्वी लद्दाखको सुशुल भ्यालीमा भारत–चीन सेनाबीच आमने(सामने भएपछि भारतले उत्तरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।

चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै नेपाल–भारत–चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ ।

भारतीय सञ्चारमाध्यम इकोनमिक टाइम्सले नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको जनाएको छ ।

अहिले पनि कालापानीमा भारतीय सेना रहेको छ । कालापानीमा रहेको सेनालाई नै लिपुलेकमा विशेष निगरानी गर्न भारत सरकारले निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ