लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी

समाचार

7/11/2021

पर्सा, २७ असार । पोखरीया नगरपालिका–९ फुलबारी टोल बस्ने रघुनाथ साह तेलीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको छ ।

आइतबार बिहान आगलागी हुँदा गोठ, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ