रुपन्देही, ३१ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार कपिलवस्तुका ४२ वर्षीय पुरुषको आईसीयुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको हो ।
मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको थियो ।
तपाईको प्रतिक्रिया