लुम्बिनी प्रदेशका मन्त्री पाण्डेलाई कालो झण्डा

समाचार

4/26/2021

रुपन्देही, १२ बैशाख । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याएर मन्त्री बनेको भन्दै मन्त्री पाण्डेलाई शुक्रबार आफ्नै पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

रुपन्देहीको मर्चवारमा आयोजित कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता कालो झण्डा देखाएका थिए ।

त्यस्तै सडकमा उनीविरुद्ध टायर बालेर तथा कालो झण्डा देखाएर विरोधसमेत जनाइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ