बुटवल, १८ असार । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा गरेकी छन् ।
जसपाको निर्णय विपरित राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउँदै राजीनामा दिएकी हुन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रलोभनमा परि पार्टी निर्णय विपरित गएकाहरु चाँडै घर फर्किने घोषणा गरे लगतै सुमनको राजीनामा आएको हो ।
तपाईको प्रतिक्रिया