काठमाडौं, १६ बैशाख । लुम्बिनी प्रदेशमा मन्त्री भएका चार जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको कुरालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले खण्डन गरेका छन् ।
लुम्बिनी प्रदेशसभाले जसपाको संसदीय दलले चार जना सांसदको पद खारेज भएको सूचना जारी गरेपछि बिहीबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले यस्तो विज्ञप्ति जारी गरेका छन् ।
अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा लुम्बिनीका मुख्यमन्त्री र जसपाका संसदीय दलका नेतालाई बोद्धार्थ गरी यस्तो आग्रह गरेका हुन् ।
साथै ठाकुरले केन्द्रीयस्तरबाट लुम्बिनी प्रदेशसभा सदस्यहरुलाई कुनै पनि कारबाही नभएको अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया