बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका चार जना नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।
जसपाका सन्तोष पाण्डेय, कल्पना पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीले प्रदेश प्रमुख धर्मनाथ यादवबाट शपथ तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सन्तोष पाण्डेय भौतिक पूर्वाधारमन्त्री, विजयबहादुर यादव कृषिमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।
तपाईको प्रतिक्रिया