रुपन्देही, १३ बैशाख । लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालहरुलाई उपचार थप प्रभावकारी बनाउनका लागि पौने दुई करोड अर्थात् एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि लुम्बिनी प्रदेश उच्च जोखिममा रहेको छ । बढ्दो कोरोनाको जोखिमलाई नियन्त्रण गर्नका लागि सरकारले सोमबार लुम्बिनीका कोरोना विशेष अस्पतालहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
कोरोना विशेष अस्पताललाई ५०÷ ५० लाख र भिम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैगरी, कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया