ल्यापटप चोरी गर्ने पक्राउ

समाचार

3/10/2021

मोरङ, २६ फागुन । ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका–४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो विराटनगर महानगरपालिका–४ ढाट डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका–८ वाल्मिकी चोक घर भएका २२ वर्षीय रमेश कुमार यादवको ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले चोरीमा संलग्न बस्नेतलाई विराटनगर महानगरपालिका–९ ट्राफिक चोक नजिकबाट चोरी गरेको ल्यापटप सहित पक्राउ गरेको हो ।

उनी उपर चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ