वृक्षरोपणका लागि प्रदेश प्रमुख डा.अहिराजद्वारा नेपाली सेनालाई बेर्ना प्रदान

समाचार

4/28/2021

जनकपुरधाम, १५ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले वृक्षरोपणका लागि नेपाली सेनाका जवानहरुलाई बेर्ना प्रदान गरेका छन् ।

बुधबार जनकपुरधामस्थित प्रदेश प्रमुखको निजी सचिवालयमा डा.अहिराजले नेपाली सेनाका जवानहरुलाई बेर्ना प्रदान गरेका हुन् ।

प्रदेश प्रमुख डा.अहिराजले ‘एक सेना एक रुख’ अवधारणासहित सेनाका जवानहरुलाई बेर्ना प्रदान गरेको कार्यालय सचिव ध्रुव गैंडाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ