वडाअध्यक्षले रुवाए, स्थानीय युवकले खुवाए

समाचार

6/7/2020

कलैया, २५ जेष्ठ । लकडाउनका कारण प्रभावित अति विपन्न परिवारहरुले बाराको आदर्शकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसँग मदुसुदन जैसवालसँग राहत वितरण कार्यक्रममा राहत माग्न जाँदा भोट नदिएकोले तिनीहरुलाई राहत नदिएपछि रुँदै रित्तै हात रुँदै फर्केका थिए ।

तर सोही गा.पा.का स्थानिय पत्रकार अनिल गुप्ताको बिशेष पहलमा विभिन्न दात्री संस्था, व्यक्तिसँग राहत संकलन गरेर जेष्ठ २४ गते शनिवारका दिन ती व्यक्तिहरुलाई राहत प्रदान गरेका छन् । अब घरपरिवारलाई केही दिन भएपनि खुवाउन पाएको छ भन्दै स्थानीयहरुले पत्रकार गुप्तालाई धन्यवाद दिएका थिए ।

पूर्वगाविस अध्यक्ष रामअयोध्या राय यादवका प्रमुख आतिथ्यमा सो राहत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बाधेन गर्दै प्रमुख अतिथि समेत रहेका यादवले राहतले थोरै भएपनि असहायहरुलाई राहत प्रदान भएको कुरामा जोड दिएका थिए ।

मनवता, उद्धारवाद समाजमा देखाएकोमा दाताहरुलाई सबै वक्ताहरुले धन्यवाद व्यतm गरेका थिए ।

मिथिला वाइल्ड लाईफ ट्रष्ट नेपाल तथा पंचुयल सेक्यूरिटी सर्भिसेस प्रालिको सहयोग र डाक्टर शोभाकर पराजुली तथा पर्साका समाजसेवी तरबेज आलमको समन्वयमा अतिबिपन्न, गरिब, ज्यालादारी गर्ने व्यक्तिहरु गरि ४० जना परिवारलाई राहत प्रदान गरिएको समाजसेवी शंकर प्रसाद साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ