कपिलवस्तु, १० बैशाख । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ११ अर्ब २५ करोडको सौर्य मेघा परियोजना वाणगगा नगरपालिको वडा नम्बर ७ मा बन्ने भएपछि सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो ।
चीन सरकारको प्यारामेन्ट, कम्पनी राइजेन इनर्जी लिमिटेडले बनाउन लागेको सो परियोजनामा बिहीबार नगरपालिकाको कार्यालयमा दुई पक्षीय रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर गर्न चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र नेपालका प्रतिनिधि राइजोन प्रतिनिधि छविलाल सिटौला र नगरपालिकाको तर्फबाट मेयर मंगलथारूले हस्ताक्षर गरेका छन् । सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावट सौर्य विद्यूत उत्पादन हुने छ । २० मेगावाट स्टोरजेव क्षमताले वाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ ।
यो योजना बढीमा ३ बर्षभित्रबनाएर सकिने छ । नेपाल सरकारले पनिकामगर्न निर्माणमा कम्पनीलाई अनुमतिदिइसकेकोले नगरसंगको सम्झ्यौतापछि तुरून्तकाम सुरू हुने कम्पनीकाप्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताए ।
सो परियोजना वडा नम्बर ७ को खारखानीपार्क र पिक्नीक स्पोट नजिकबन्ने भएपछि वडाबासी धेरै खुसीभएको वडाध्यक्ष विष्णु गिरीले बताए । नगर प्रमुखमंगल प्रसादथारूले यो नगरकोलागि सबैभन्दा ठुलो उपलब्धिभएको दावी गरे ।
२०७७असार ५ गते बसेको लगानीबोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यताअध्ययनको अनुमतिदिने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया