वन कर्मचारीहरुका लागि छुट्टै पोषाक सुविधा दिन मधेशका लागि वनको ध्यानाकर्षण

समाचार

4/26/2020

काठमाडौं, १४ बैशाख । सम्पूर्ण वन कर्मचारीहरुका लागि छुट्टै पोषाक कोड बनाइ तत्कालै पोषाक सुविधा उपलब्ध गराउन मधेशका लागि वनले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

मधेशका लागि वनका राष्ट्रिय संयोजक बेचन कुमार महतोले सरकारलाई आइतबार यस्तो ध्यानाकर्षण गराएका हुन् ।

वन सेवालाई अझ मर्यादित, विश्वनीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली वन प्राविधिकहरुको पेशागत पहिचान स्थापना हेतु वन संरक्षण र व्यवस्थापनको लागी दिनरात फिल्डमा रही दायित्व निर्वाह गर्नु पर्ने सम्पुर्ण वन कर्मचारीहरुको लागी छुटै पोषाक कोड आवश्यक रहेको महतोको माग छ ।

‘पेशागत दक्षता, ईमन्दारीता र लगनशिलताको छुटै पहिचान वोकेको नेपालको वन क्षेत्रमा कार्यरत कर्मचारीहरु सँग कर्तव्यपालनको क्रममा हुने गरेको दुःखद घटना पनि सवैले देखि आएकै छौं ।’ महतोले ध्यानाकर्षणपत्रमा भनेका छन् ।

नेपालमा वन संरक्षण र व्यवस्थापन सधैभरी सवैको चासोको विषय वन्दै आएको छ । सो तहत वन व्यवस्थापनका विभिन्न मोडालिटी अनुसार नेपालको वन संरक्षण तथा व्यवस्थापन हुँदै आएको पनि छ ।

वन संरक्षण तथा व्यवस्थापनका विभिन्न पात्र तथा विभिन्न मोडेलहरुका आ–आफ्नै सफलताका कथाहरुका वावजुद पनि वन संरक्षणमा अहोरात्र खटिने वन सेवा अन्तरगतका विभिन्न तहका कर्मचारीहरु समेतको भगिरथी प्रयास र वन संरक्षणको भिष्म प्रतिज्ञाकै कारण पच्छिलो समयमा नेपालको कुल वन क्षेत्र वढ्दै गएको रिर्पोटहरु पनि सार्वजनिक हुँदै आएका छन् ।

यस मानेमा वन संरक्षण र व्यवस्थापन कार्यमा नियमित रुपमा खटिनु हुने सम्पुर्ण व्यवस्थापक र संरक्षणकर्मीहरु धन्यवादका पात्रहरु हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ