विपन्न परिवारलाई खाद्यान्न वितरण

समाचार

6/11/2021

कपिलवस्तु, २८ जेठ । कोभिड महामारीमा हातमुख जोर्न गार्हो परेका विपन्न परिवारलाई सेवा ईन्टरनेशनलको सहयोगमा हिन्दु स्वयंसेवक संघको समन्वयमा कपिलवस्तुको महराजगंजमा राहत खाद्यान्न वितरण भएको छ ।

समुदायका एकसय गरिव परिवारलाई चामल, दाल, तेल नुन, सोयाबीन लगायतको खाद्यान्न बितरण भएको हो।

हिन्दु स्वयंसेवक संघका सम्पर्क बिभाग प्रमुख डा. विनय पाण्डेय, संघका पदाधिकारीहरु बासुदेव चौधरी , दिलिप चौधरी , भानु चतुर्वेदीको सकृयतामा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सेवा ईन्टरनेशनलले हिन्दु स्वयंसेवक संघ मार्फत नेपालको विभित्र जिल्लामा स्वास्थ सामग्री तथा खाद्यान्न बितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ