विपन्न महिलाको आयआर्जनको लागि बाख्रा वितरण

समाचार

4/13/2021

कपिलवस्तु, ३१ चैत । विपन्न गरिव तथा एकल महिलाहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले शुद्धोधन गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अनर्तरगत गाउंपालिका क्षेत्र भित्रका ४० जना विपन्न महिलाहरुलाई १,१ वटा बाख्रा वितरण गरिएको हो ।

बाख्रासँगै महिलाहरुलाई घांसको विउ, औषधी तथा भिटामिन लगायतका साम्रगी समेत वितरण गरिएको छ ।

६ वटा वडाबाट वडा कार्यालय तथा पालिका स्तरिय मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम समन्यव समितिले छनौट गरेका महिलाहरुलाई बाख्रा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए ।

स्थानीय स्रोत र साधनको प्रयोगवाट महिलाहरुलाई घरखर्च तथा आम्दानी गर्न सहजता लागी बाखा्रँ तथा साम्रागी वितरण गरिएको गाउंपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन् ।

बाख्रा पाएपछि स्थानीय वडा नं १ की इरारमती अहिरले बाख्रा राम्रोसँग पालेर जिविकोपार्जन गर्ने बताइन् ।

बाख्रा वितरण समारोहमा उपाध्यक्ष सुधादेवी पाण्डेय, वडा नं १ का अध्यक्ष तिलकराम यादव, वडा नं २ का अध्यक्ष मनोज कुमार यादव , वडा नं ४ का अध्यक्ष नरेश अहिर, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, लेखा अधिकृत ऋषिदेव अर्याल ,योजना अधिकृत सन्तोष कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ