विप्लव समूहका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

समाचार

3/2/2021


सर्लाही । नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा चन्दा आतङ्क मच्चाएपछि प्रहरीले खोजी सूचीमा राखेका शुसलिङ्गलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोत्तरीको गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । गौशाला प्रहरीले पक्राउ गरेका शुसलिङ्गलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।
शुसलिङ्गले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतङ्क मच्चाएको प्रहरीको आरोप छ । व्यापारी र कर्मचारीलाई धम्कीपूर्ण व्यवहार गरी चन्दा आतङ्क मच्चाएपछि सर्लाही प्रहरीको सहयोगमा शुसलिङ्गलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हो ।
शुसलिङ्ग सर्लाहीको लालबन्दी नगरपालिका–६, का बासिन्दा हुन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ