विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश

समाचार

10/10/2020

वीरगन्ज, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी पर्साद्वारा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका जिल्ला कार्य समिति मनमोहन नगर रमगढवास्थित पार्टी प्रवेश कार्यक्रममा पर्सा जिल्लाभरिका सयौँभन्दा बढी विभिन्न पार्टीका कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकोे जिल्ला अध्यक्ष प्रभु हजराले बताए ।

आउने चुनावको भव्य तयारीका साथ यो पार्टी प्रवेश जिल्लाको विभिन्न स्थानहरुमा निरन्तर भइरहेको पार्टी नेता बसरुद्दिन अन्सारीले बताए ।

फुलमाला लगाई पार्टीका विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकाहरुलाई अबिर माला लगाई प्रवेश गराइएको थियो ।

बृहत पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष प्रभु हजरा, पूर्वसांसद राजकुमार गुप्ता, पार्टी नेता बसरुद्दिन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ