विभिन्न पेशामा लागेका ४५ जना बौद्धिक व्यक्तित्वहरु जसपामा प्रवेश

समाचार

1/2/2021

काठमाडौं, १८ पुस । विभिन्न पेशामा संलग्न ४५ जना बौद्धिक व्यक्तित्वहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

शनिबार बबरमहलस्थित जसपाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच लोकतान्त्रिक बुद्धिजीबी संघका महासचिव तथा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाको पहलमा बुद्धिजीबीहरु प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई जसपा अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्य र वरिष्ठ नेता राजेन्द्र महतोको विशिष्ट आतिथ्यता एवं केन्द्रीय कार्यकारिणी सदस्य ज्यूहरु आदरणीय सर्बेन्द्र नाथ शुक्ल, बृखेश चन्द्र लाललगायतले स्वागत गरेका छन् ।

४५ जना डाक्टर, इंजीनियर, अधिवक्ता, फिजियो थेरापिस्ट, रेडियोला‘जिस्टहरु जनता सामजवादी पार्टी नेपालमा प्रबेश गरेका छन्

यसैगरी, कार्यक्रममा जसपाका नेताहरु गजाधर यादव, मनिष कुमार सुमन, केशव झा, सुनील रोहित, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य बिमलेश कुमार झा र प्रा. रणधीर झाको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता डा सुरेन्द्र कुमार झाले गरेका थिए ।

 
 
  
  
  
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ