कैलाली, २५ जेठ । धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट ६ ग्राम १ सय ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट र १ थान डिजिटल तराजु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय संजिप सिंह, सोही उपमहानगरपालिका–७ बस्ने २० वर्षीया मैना साउँद र धनगढी उपमहानगरपालीका–२ कृष्णनगर टोल डेरा गरी बस्ने बैतडी घर भएकी ३५ वर्षीया लक्ष्मी भट्ट रहेका छन् ।
लक्ष्मीको कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया