विभिन्न हातहतियारसहित बोहोरा पक्राउ

समाचार

7/15/2020

मोरङ, ३१ असार । उर्लावारी नगरपालिका–३ मंगलबारे बस्ने कालिकोट घर भएका जोखिम नन्दकिशोर भन्ने ४० वर्षीय नन्द बहादुर बोहोरालाई विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार दिउँसो उनको साथबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्रीको गोली राउण्ड ३ थान, सकेट बम १ थान, ईलेक्ट्रिक डेटोनेटर केवल सहित १ थान, नेपाल टेलिकमको सिम ७ थान, एनसेलको सिम२थान,मोबाईल १ थान,पंहेलो रंङको खाली पर्स१ थान, मोबाइलकोचार्जर ४ थान, मल्टी कनेक्टिङ डाटा केवल १थान, ब्याट्री ४थान, पूर्व लडाकु संघ नेपाल लेखिएकोस्टाम प्याड १ थान र पेनड्राईभ १ थान बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बोहरालाई घरमा लुकीछिपी बसिरहेको अवस्थामा उक्त हातहतियार तथा विभिन्न सामग्रीहरु सहित फेला पारी पक्राउ गरेको हो ।

निज बोहोरा २०७६माघ५ गते मिक्लाजुङ्ग गाउँपालिका–१ साकेलाथानस्थित सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोटन गराई आगो लगाई क्षति पुर्यारएको,२०७६माघ १० गते केरावारी गाउँपालिका(१० स्थित केरावारी गाउपालिकाको कार्यालयमा र २०७६ माघ१२ गते केरावारी गाउँपालिका(२ स्थित एनसेलको टावरमा बम बिस्फोटन गराएको लगायतका घटना साथै झापा तथा सुनसरीका विभिन्न स्थानहरुमा समेत बिष्फोटन भएको घटनामा संलग्न रहनुका साथै भोजपुर तथा संखुवासभामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा समेत संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ