नगरपालिकालाई व्यवस्थापन सामाग्री सहयोग

समाचार

5/1/2020

धनगढी, १९ वैशाख । कैलालीको घोडाघोडी नगरपालिकालाई क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामाग्री सहयोग गरिएको छ ।

कोरोना भाइरस (कोभिड (१९) को रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकासका लागि सचेत समाज धनगढी, बालकल्याण संघ टिकापुर, दिगो विकास समाज भजनी र वल्ड भिजन नेपालको संयुक्त साझेदारीमा १ लाख ७६ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक ४० थान त्रिपाल, २० थान ब्ल्याङ्केट, २० थान झुल ५ वटा बाल्टिन, र ३ रोल पि.पि फम सहयोग गरिएको बाल कल्याण संघ टीकापुरका सामाजिक परिचालक मोहन बहादुर विकले जानकारी दिए ।

सामाग्री सहयोग गरेकोमा नगर प्रमुख ममता प्रसाद चौधरीले सहयोगी संस्थालाई धन्यबाद दिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउदको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ