वीरगञ्जका किशोरीलाई ‘हाइजीन किट’ वितरण

समाचार

7/8/2021

वीरगञ्ज, २४ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मी टोलका किशोरीहरुलाई हाइजीन किट वितरण गरिएको छ ।

सामाजिक संस्था युवालयले उदयपुरघुर्मी टोल पुगेर किशोरीहरुलाई युवालयको टोलीले ३० जना किशोरीहरुलाई हाइजीन किट वितरण गरेको हो ।

किटमा प्याड ४ पिस, कपडा धुने र नुहाउने २/२ पिस साबुन, नेल कटर १ पिस, सेनिटाइजर १ पिस, पियुष १ पिस, मञ्जन १ पिस, १ पिस रुमाल लगायतका सामाग्री रहेका छन् ।

किशोरीहरुलाई हाइजीन किट वितरण गर्दै युवालयकी लेखा तथा प्रशासन प्रमुख नितु ढंगोलले महिनावारीको समयमा व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरिन् ।

डिकेए अष्ट्रियाको सहयोगमा हाइजीन किट वितरण गरिएको युवालयका बोर्ड सदस्य जया साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ