पर्सा, १३ फागुन । वीरगञ्जमा मुल्य सूचि नराख्ने र बढी मुल्यमा सामान बेच्ने ३ पसलेलाई २ लाख ७० हजार जरिवाना गरिएको छ ।
बजार अनुगमनको क्रममा वीरगञ्जका ३ वटा पसलेलाई कारवाही स्वरु जरिवाना गरिएको हो । जिल्ला प्रसाशन कार्यलय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय,उपभोत्ता हित संरक्षण मञ्च, कन्जुमर आई नेपाल, उधोग वाणिज्य संघको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा मुल्य सूचि नराख्ने वीरगञ्ज १० मा रहेको आई नेट प्रालिालाई ५० हजारको खरिद बिल नदेखाउने आदित्य ईन्फोटेकलाई २० हजार र बढी मुल्यमा सामान बिक्री गर्ने वीरगञ्ज ९ मा रहेको गगन ट्रेडिङ्ग हाउसलाई २ लाख जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए ।
जरिवाना गरिएको रकम ७ दिनभित्र राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न पनि समबन्धित पसलेलाई निर्देशन दिइएको खत्वेले बताए ।
तपाईको प्रतिक्रिया