वीरगन्ज, २८ साउन । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका हुन् ।
कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै राजीनामा दिन बाध्य भएको उनीहरुको भनाइ छ ।
राजीनामा दिएपनि स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितको उपचार सेवा भने जारी राखेका छन् । अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर मदन उपाध्यायले प्रमुख जिल्ला अधिकारीलाई राजीनामा बुझाएको बताए ।
कोरोना विरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कार्वाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राखेर सामुहिक राजीनामा दिएको उपाध्यायले बताए ।
तपाईको प्रतिक्रिया