वीरगञ्ज, १२ पुस । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।
बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०र२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्रेडर्स, देवी किराना पसललाई ५÷५ हजार जरीवाना गरिएको सहायक प्रजिअ पौडेलले जानकारी दिए ।
दुई वटा पसलले असहयोग गरेकोले ५र५ हजार र अन्यले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेकोले ५ देखि २० हजार जरिवाना गरिएको उनले बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय पत्रकार महासंघ पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधि अनुगमनमा सहभागी भएका थिए । कानुनी प्रक्रिया पूरा गरेर मात्रै पसल व्यवसाय सञ्चालन गर्न व्यवासयीलाई सचेत समेत गराइएको उपभोक्ता हित संरक्षण मञ्चका वीरगञ्ज नगर अध्यक्ष अजित भुजेलले बताए ।
तपाईको प्रतिक्रिया