वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

समाचार

4/18/2021

वीरगञ्ज, ५ बैशाख । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० की ५१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

ती महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । शनिबार ती महिलाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कफ, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि वैशाख २ गते नारायणी अस्पतालमा कोरोना संक्रमित भएर उपचार गराइरहेका वीरगञ्ज–२ की एक महिला तथा चैत ३१ गते वीरगञ्ज–३ का एक पुरुष र बाराको जितपुर सिमरा उप महानगरपालिकाका एक युवकको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ