वीरगञ्जमा घुम्ति टोलीद्वारा स्वाब संकलन गरिने

समाचार

5/6/2021

वीरगञ्ज, २३ बैशाख । वीरगञ्ज महानगरपालिकाले शुक्रबारदेखि घुम्ति टोलिद्वारा स्वाब संकलन परीक्षण गरिने भएको छ । महानगरको बारुणयन्त्र कार्यालय आदर्शनगरमा बिहान ७ बजे देखि १० बजे सम्म स्वाब लिने महानगरका मेयर बिजय सरावगीले जानकारी दिए ।

यस्तै महानगरको स्वास्थ्य महाशाखाको घुम्ती टोलीद्वारा महानगरको प्रत्येक वडाहरुमा गई स्वाब संकलन परीक्षण गर्नेछ । कोभिड नियन्त्रण र रोकथामलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ बिरामीको सम्पर्कमा आएका वा शंका लागेका व्यक्तिहरु तोकिएको ठाँउमा पुगी स्वाब परीक्षण गराउन मेयर सरावगीले आग्रह गरे ।

स्वाब परीक्षण गराउनको लागि कुनै शुल्क नलाग्ने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । पछिल्लो समय वीरगञ्ज महानगरपालिकाका स्थानीयबासीहरुमा कोरोना संक्रमण बढदै गइरहेको छ ।

यसैगरी महानगरपालिकाले निर्माण गरेको १ सय बेडको अस्थायी कोभिड अस्पताल पनि शुक्रबारबाट नै सञ्चालनमा ल्याउने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले गोपाल मण्डली धर्मशालामा निर्माण गरेको अस्थायी कोभिड अस्पतालको सम्पूर्ण तयारी पुरा भइसकेकोले शुक्रबार बिहान ११ बजेपछि सञ्चालन हुने महानगरका मेयर बिजय सरावगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ