वीरगञ्ज, १३ माघ । वीरगञ्जमा अत्याधिक चिसो मौसमका कारण प्रभावित ३० जनालाई कम्बल वितरण गरिएको छ । रुंगटा वेलफेयर सोसाइटीले चिसो प्रभावित विपन्न नागरिकलाई कम्बल वितरण गरेको हो ।
वीरगञ्जमा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका ३० जना मजदुरलाई कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
ग्रिनसिटीले रुंगटा वेयलफेयरकै सहयोगमा यसअघि आमाको माया छात्रावासका बालबालिका, वडा प्रहरी कार्यालय विर्ता, श्रीपुरको थुनुवा कक्ष लगायतका ठाउँमा २ सय जनालाई कम्बल वितरण गरिसकेको छ ।
गुप्तदानबाट प्राप्त २ लाख ५१ हजार रुपैयाँ आमाको माया छात्राबासलाई हस्तान्तरण गरिएको खेतानले जानकारी दिए ।
तपाईको प्रतिक्रिया