वीरगञ्जमा पत्रकार सम्मानित

समाचार

9/13/2020

पर्सा, २८ भाद्र । वीरगन्ज क्षेत्रमा रहेर निष्पक्ष पत्रकारिता गरिरहेका पर्साका २४ जना पत्रकारलाई सम्मान गरिएको छ । पत्रकारहरुको हौसला बढाउन सम्मान गरिएको भाइजान्स् अफ वीरगन्जले जनाएको छ ।

भाइजान्स अफ वीरगन्ज ( बिओबी ) नामक संस्था स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारासहित थाहाखबरका तुलसी भण्डारी, बिबिसी नेपालीकी माधुरी महतो, अंकुश दैनिकका सन्तोष रंजितकार, एभी न्युज टिभीका राजन रौनियार, न्युज २४ का जाकिर हुसेन, न्यूज प्वान्टका मन्सुर खान र रेडियो वीरगन्जकी विमला गुप्ता र पर्सा पोस्ट साप्ताहिकका अजित भुजेललगायतलाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ