पर्सा, २ माघ । वीरगञ्जका थारु समुदाय माघ महिनाको पहिलो दिन माघी पर्व मनाएका छन् । वीरगञ्जको घण्टाघरबाट निस्किएको र्यालीले नगर परिक्रमा गरि स्विमिङ पुल परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
र्यालीमा थारु समुदायका पुरुष महिला,बाल बालिकाहरुले आफनो समुदायकै पहिरन लगाएर सहभागी भएका थिए । उनीहरुले थारु समुदायको रीति सँसकृति झल्किने बाजा गाँजा सजावटका साथै
र्यालीमा सहभागिता जनाएका थिए ।
स्विकमिङ पुल परिसरमा आयोजित माघी बिशेष कार्यक्रममा थारु समुदायका खानाका विभिन्न परिकारहरुको स्टल राखिएको थियो । साथै माघी पर्बको अवसरमा स्विमिङ पुल परिसरमै आयोजित रक्तदान कार्यक्रममा चार जना महिलासहित ६८ जनाले रक्तदान गर ।
यस्तै नौकोटोलमा आयोजित खिचडी महोत्सव सम्पन भएको छ ।
तपाईको प्रतिक्रिया