वीरगञ्जमा रोकिएका १९८ भारतीय नागरिकलाई पठाइयो

समाचार

5/20/2020

बीरगञ्ज, ७ जेठ । वीरगन्जमा करिब ५० दिनदेखि रोकिएका १ सय ९८ भारतीयलाई भारतीय सरकारको जिम्मा लगाएर पठाइएको छ । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोश्रो सातादेखि राखिएका ९८ र वीरगन्जस्थित आफन्तको घरमा बसेका सय जनासहित १ सय ९८ जनालाई भारत सरकारको जिम्मा लगाइएको हो ।

वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी आइसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर उनीहरुलाई पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए । उनीहरुलाइ लिन भारतबाट ७ वटा बस आएका थिए । सोही बसमा चढेर भारतीयहरु घर फर्किएका छन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका दूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपिलसमक्ष उनीहरुलाई जिम्मा लगाएर पठाइएको कुवँरले जानकारी दिए । भारतीयहरुलाई फर्काउने क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की , प्रहरी उपरिक्षक गंगा पन्त पनि उपस्थिती रहेका थिए ।

नेपाल र भारततर्फ लकडाउन भएपछि घर फर्कने भनेर वीरगन्ज आइपुगेका भारतीयहरु वीरगन्ज र यसपासको स्थानमा रहेका आफन्त र चिनजानको घरमा बसेका थिए ।

लकडाउनका कारण घर फर्कन नपाइ करिब ५५ दिन देखि वीरगन्जमा फसेका १ सय ९८ जना भारतीय नागरिकलाई भारत पठाइएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए । ठाकुररामको क्वारेन्टाइनमा राखिएका उनीहरुको खाना र खाजाको निशुल्क प्रबन्ध केन्द्रले नै गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ