वीरगञ्जमा २५ किलो चाँदीको गहना बरामद

समाचार

2/28/2021

पर्सा, १६ फागुन । वीरगन्जको सुन पसल बाट २५ किलो १ सय ६० ग्राम अवैध चाँदीको गहना पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका ६ स्थित शुभलाभ गहना पसलमा अवैध रुपमा भणडारण गरि राखिएको उक्त परिमाणको अबैध चाँदीको गहना बरामद गरेको हो ।

अवैध रुपमा भारत बाट चोरी पैठारी गरी चाँदी तथा चाँदीका गरगहनाहरु ल्याई लुकाई छिपाई गरी राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलिले गहना बरामद गरेको हो ।

गहना पसलमा खान तलासी गर्दा पसलको सेफ(लकर) भित्र चाँदीका गरगहना १३ किलो १०४ ग्राम र पसल भित्र रहेको कालो झोला भित्र विभिन्न चाँदीका गरगहना १२ किलो ५६ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पसलका संचालक भने फरार रहेको तथा उनको खोजी भइ रहेको खनालले बताए । चाँदीका गहनाहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ