वीरगञ्जमा २ सय शैयाको अस्पताल र आइसोलेसन सञ्चालनमा

समाचार

5/8/2021

पर्सा, २५ बैशाख । वीरगन्जस्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।

वीरगन्ज महानगरपालिकाले सञ्चालन गरेको अस्पताल तथा आइसोलेसन सेन्टरको महानगरका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरे । धर्मशालाको भुइँतल्लामा १ सय शय्याको आइसोलेसन र माथिल्लो तल्लामा १ सय शैयाको अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिएको हो ।

कोभिड अस्पतालमा पहिलो बिरामीको रूपमा महानगरकी उपप्रमुख शान्ति कार्कीलाई भर्ना गरिएको छ । बुधबार कोरोना संक्रमित पुष्टि भएकी उनी यसअघि वीरगन्जकै विजय ज्योति आइसोलेसन होटलमा बसेकी थिइन । अस्पताल र आइसोलेसन सेन्टर दुवै निःशुल्क सेवासहित सञ्चालनमा ल्याइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले बताए ।

पर्साका १४ स्थानीय तहमध्ये वीरगन्जले सबैभन्दा पहिले कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ